लमजुङको सबैभन्दा लामो पुल शिलान्यास

लमजुङ । मस्र्याङ्दी नदीमा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिने भएको छ । २ सय ५६ मिटर लामो सो पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले अबको केही वर्षमा नसोचेको प्रगति हुने बताए । उनले प्रदेश सरकारलाई माहिलो सरकार बताउँदै विकासको मुख्य जिम्मा यसै सरकारको भएको उल्लेख गरे ।
उनले भने, ‘विकासका कार्यले गति लिएको र केही वर्षमै आश्चर्यजनक उपलब्धि हुने बताए । उनले भने, ‘संघीय सरकारको काम नीति निर्माण गर्नुका साथै मेघा परियोजनाको सञ्चालन गर्ने हो । प्रदेश सरकारको काम यस्तो मझौलाखाले विकासको काम गर्ने हो र स्थानीय सरकार सर्वसाधारणलाई सर्वसुलभ सेवा प्रवाह गर्नु हो ।’
उनले संघीयता भनेकै प्रदेश सरकार हो भन्दै केहीले प्रदेश सरकार आवश्यक छैन भन्ने गरेको पनि सुनिन्छ तर प्रदेश सरकार नहुने हो भने यसप्रकारको विकासको प्रत्याभूति हुन सक्दैनथ्यो, त्यो योजनाका साथ प्रदेश सरकार अघि बढेको बताए ।
‘केन्द्र सरकार र स्थानीय सरकार त हिजोका दिनमा पनि थिए तर किन विकासले गति लिन सकेन’ भन्दै प्रतिप्रश्न गरे । उनले शिलान्यास गरिएको पुलले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पनि सहयोग गर्ने बताए ।
सो अवसरमा गण्डकी प्रदेशमा नेकपाका प्रमुख सचतेक मायानाथ अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बेसीशहर नगरपालिकाका अध्यक्ष गुमानसिंह अर्यालको अध्यक्षतामा भएको हो ।
पुल निर्माणको जिम्मा बाबिरो–लामा प्रगति जेभी काठमाडौंका प्रतिनिधि यमनाथ अधिरकारीले आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिकारीले भने, ‘हामीले मंसिरदेखिनै निर्माण थालेका हौं, असारसम्म सक्छौं ।’
सो पुल जिल्ला सदरमुकाम बेसीशहर–२, गैरी र वडा ११, बरबोट जोड्ने गरी निर्माण गर्न लागिएको हो । उक्त पुल निर्माण २ करोड ३८ लाख ४३ हजार भ्याट सहित खर्च हुने प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close