सम्बन्ध विच्छेद गर्नेको संख्या बड्दो

तनहुँ । तनहुँ जिल्लामा सम्बन्ध विच्छेद गर्ने मध्य पुरुषको तुलनामा महिलाको संख्या वढी देखिएका छन् ।
आपसी विमेल अन्तरजातीय विवाह, गलत विचारका कारण, मनमुटाव, गलत संगत, आर्थिक प्रलोभन, शारीरिक कमजोरी , छिमेकीको कुरामा लैलैमा लागेर ,मानसिकरुपले कष्ट दिने, मानसिक सन्तुलन विग्रेको, प्रेम विवाह र वैदेशिक रोजगारीका कारण तनहुँमा सम्बन्ध विच्छेद गर्ने दम्पतीको संख्यामा बृद्धि भएको छ ।
प्रेम विवाहगरी लुकेको, श्रीमान विदेशिएको समयमा श्रीमतीहरुको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका, उपशंका गर्नु र घर परिवारमा मेलमिलाप नहुनु, दिनहुँ झै–झगडा हुनु अधिवक्ता विजय कुमार शाहीले बताए ।
लगातार ३ वर्ष भन्दा बढी घर छाडेर वा आपसी सम्बन्ध विस्थापित भए सम्बन्ध विच्छेद गर्न पाईने कानूनी मान्यता रहेको अधिवक्ता शाहीले वताए ।उनका अनुसार , जिल्ला अदालतमा दर्ता भएका मुद्दााहरुमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । यस आर्थिक वर्षको २०७६÷७७ को साउनदेखि हालसम्म जिल्ला अदालत तनहुँमा दर्ता भएको २सय६२ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् भने १ सय ५८ वटा मुद्दाको फैसला भएको जिल्ला अदालत तनहुँको तथ्यांकमा उल्लेख गरिएको छ।
तथ्यांकमा उल्लेख भए अनुसार सम्बन्ध विच्छेदका मुद्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेको देखिन्छ । पुरुषको हकमा महिलाको अदलतमा आएका मुद्दामध्ये लगभग आधा प्रतिशतभन्दा बढी सम्बन्ध विच्छेदका छन् ।गत भदौ १ गतेदेखि नयाँ कानून आएपछि पुरुषहरुले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गर्ने बढेको सम्बन्ध विच्छेदपछि अंश मुद्दा, माना–चामल, जबरजस्ती करणी आदिका मुद्दा बढी रहेका छन् ।
महिलाले पुरुषको मानसिक असन्तुलन भएमा,खानालाउन नदिने र घरबाट निकालेमा ,लगातार ३ वर्ष भन्दा बडी संगोलमा नबसेमा, खाना ,बस्न र एउटै घरमा नबसेमा, प्राणघातक रोग लागेमा महिलाले सम्बन्ध विच्छेद गर्न सक्ने छन् अधिवक्ता शाहीले वताए । पुरुषले महिला संग सम्बन्ध विच्छेद गर्न पाउने छन् । परपुरुष संग यौन सम्बन्ध गरेको ठहरेमा,शारीरिक वा मानसिक यातना दिएमा,प्राणघातक रोकलागेमा पनि श्रीमानले श्रीमतीसंग सम्बन्ध विच्छेद गर्न पाउने अधिकार कानूनले दिएको अधिवक्ता शाहीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close