‘महिलाले देश हल्लाउने’

पोखरा । मादी गाउँपालिका उपाध्यक्ष विष्णु आचार्य पौडेलले महिलाले कोक्रोमात्रै नभइ आवश्यक परे देश नै हल्लाउन सक्ने बताएकी छन् ।
मादी–१० मा सम्पन्न उपाध्यक्षसँग महिला कार्यक्रमअन्तर्गत त्रिदिवसीय नेतृत्व विकास तालिम समापनमा बोल्दै उनले यस्तो उद्घोष गरेकी हुन् ।
संविधानले नै महिलाको अधिकार ग्यारेन्टी गरेकोले महिलाहरु नेतृत्वको लागि अग्रसर हुनुपर्ने उनले बताइन् । नेपालमा महिलाको लागि ठूलो अवसर रहेको भन्दै उपाध्यक्ष आचार्यले विकासमा निगरानी गर्न आग्रह गरिन् ।
घरकै चुलोचौकोमा सीमित महिला अवसर पाए काम गर्न सक्छन् भन्ने उदाहरण आफूसँग रहेको भन्दै उनले महिलाको हकअधिकारको सही सदुपयोग गर्नुपर्ने बताइन् ।
मादी १० का वडाध्यक्ष कुलप्रसाद गुरुङले नेतृत्व विकास तालिमले महिलालाई नेतृत्वको लागि हौसला थप्ने विश्वास लिएको बताए ।
महिला सञ्जालका अध्यक्ष सृजना अर्याल पौडेलले तालिमबाट धेरै सिक्न पाएकोले सिकेको कुरा व्यवहारमा ल्याउने बताइन् ।
कार्यक्रममा चिरञ्जीवी सुवेदी, नीशा सुवेदी, विष्णु सुवेदी लगायतले बोलेका थिए । ४० जनाको सहभागिता रहेको तालिमको सहजीकरण पत्रकार घनश्याम पाण्डेयले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close