लागुऔषध कारोबार गर्ने सार्वजनिक

लमजुङ । ठूलो परिणामको लागुऔषध सहित पक्राउ परेका एक व्यक्तिलाई लमजुङ प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी लागुऔषध कारोबारमा संलग्न सुन्दरबजार–९, भोटोडारमा स्थायी बसोबास भएका २१ वर्षीय क्षितिज तामाङलाई सार्वजनिक गरेको हो ।
तामाङको कोठाबाट विभिन्न प्रकारका ६ थरी लागुऔषध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । तामाङको कोठाबाट निफीन १ सय ६७ थान, डाइजोपाम १ सय ६५ थान, फेनरागन १ सय ६५ थान बरामद गरेको प्रहरीले जनायो ।
पक्राउ परेका तामाङ काठमाडौंको एक निजी क्याम्पसका कक्षा–१२ पढ्छन् । जिल्ला अदालत लमजुङबाट १० दिन म्याद थप गरी अनुसन्धान थालिएको हो ।
लमजुङमा गत आव २०७५÷७६ देखि हालसम्म लागुऔषधको १ सय २ वटा घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये तामाङ प्रकरण पनि ठूलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close