लागुऔषधसहित पन्त पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालयले अवैध लागुऔषधसहित व्यास १, भादगाँउ निवासी २७ वर्षीय समीर पन्तलाई पक्राउ गरेको छ ।
उनले बोकेको झोला खानतलासी गर्दा लागुऔषध डाइजेपाम ११ थान, फेनरागन ११ थान र नर्पिmन ७ थान गरी कुल २९ थान लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
भादगाँउस्थित आदिकवि भानुभक्त क्याम्पस नजिक लागुऔषध कारोबार भइरहेको सूचना आधारमा पन्त पक्राउमा परेको जिल्ला प्रहरी प्रहरी प्रमुख विनोद सिलवालले बताए । उनको साथबाट १ हजार रुपैयाँ र १ थान मोबाइल सेट समेत प्रहरीले बरामद गरेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close