माछापुच्छ्रे वडा ९ को आफ्नै भवन बन्दै

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । जिल्ला समन्वय समितिको ५९ लाख ९४ हजार र गाउँपालिकाको ३९ लाख ९६ हजार गरी कुल ९९ लाख ९० हजार रुपैयाँ लागतमा सैँतीघट्टमा वडा कार्यालय भवन निर्माण गरिन लागेको हो ।
भवनको शुक्रबार जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षेत्री अधिकारी र गाउँपालिका अध्यक्ष कर्ण गुरुङले संयुक्त रुपमा शिलान्यास गरे ।
एक रोपनी जमिनमा दुई तलाको भवन आगामी असारसम्म निर्माण गरिसक्ने गरी उपभोक्ता समिति मार्फत काम शुरु गरिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए । भवनको पहिलो तलामा रहने ६ कोठाबाट कार्यालय सञ्चालन गरिने र माथिल्लो तला सभाहल र आवासगृहका लागि प्रयोग गरिने उनले बताए । गाउँपालिकामा कुल ९ वडा रहेकोमा वडा ९ को मात्र आफ्नै कार्यालय भवन थिएन ।
कार्यक्रममा समन्वय समितिका प्रमुख अधिकारीले सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रवाह गर्न भवन अत्यवश्क रहेको बताए ।
गाउँपालिका प्रमुख कर्ण गुरुङले स्वयम् उपभोक्ता नै निर्माणमा संलग्न रहेकाले तोकिएको समयभित्रमै पूरा हुने विश्वास गरे ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङ लगायतले भवन निर्धारित समयभित्रै सम्पन्न हुनुपर्नेमा जोड दिए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमान गुरुङले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि विस्तृत परियोजन प्रतिवेदन (डीपीआर) तयार भइरहेकाले यसै आर्थिक वर्षमा निर्माण कार्यको शिलान्यास गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close