६६ वर्षीया महिला बलात्कृत

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ६६ वर्षीया महिला बलात्कृत भएकी छन् ।
हुप्सेकोट २, कालिया निवासी ५५ वर्षीय लक्ष्मण कार्कीले गत माघ ८ मा चुरोट खाने बहानामा ती महिलाको घर पसी उनलाई बलात्कार गरेको स्थानीय नवराज सोमैले बताए ।
घटनाबारे पीडित महिलाले न्यायिक समितिका सदस्य शिव ढकाललाई शुरुवातमा जानकारी दिएकी थिइन् । पछि समितिले सो मुद्दा नहेर्ने जनाएपछि शुक्रबारमात्र जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्कीको विरुद्ध उजुरी परेको छ ।
यसैबीच, बुलिङटार गाउँपालिका–४, अर्खला स्वास्थ्य चौंकीका अहेव टोकबहादुर सुस्लिङ बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
स्थानीय ४० वर्षीय महिलालाई बलात्कार गरी फरार रहेका उनी आफै प्रहरीको सम्पर्कमा आएको नवलपुर प्रहरीले जनाएको छ । सुस्लिङले सो घटनाबारे आमरुपमा माफी मागी पीडित महिलालाई २० हजार दिएर घटना गाउँमै मिलापत्र गराउन दबाब दिएका थिए । सो विपरीत पीडित पक्षले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएपछि एक सातापछि आफै सम्पर्कमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close