सामाजिक सञ्जालमा विज्ञापनमा कडाइ

पोखरा । सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरिएको छ ।
नेपाल राष्ट्र बैंकले फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै त्यसो नगर्न सचेत गराएको हो ।
सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले जनाएको छ । बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैरकानूनी तरीकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको बताए ।
‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो’ मिश्रले भने, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय (नियत गर्ने) ऐन अनुसार कारबाही हुनेछ ।’
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।’
पछिल्लो समय सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close