टिपर ठक्करले मृत्यु

तनहुँ । ब्यास नगरपालिका–४ स्थित बाधभञ्ज्याङमा शुक्रवार साँझ टिपरले ठक्करले एक जना महिलाको ज्यान गएको छ ।
कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ८६७८ नं.को टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना३९प ५०० नंं. को मोटरसाइकललाई साँझ ५ बजे ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार भरतपुर–६ निवासी ४६ वर्षीया अनिता पाठकको घटनास्थलमै मृत्युु भएको हो ।
टिपरलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close