बस ठोक्किदा १७ घाइते, ४ गम्भीर

तनहुँ । माइक्रो बस र बस आपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ।

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीको ढाप भन्ने स्थानमा डुब्रेतर्फ जाँदै गरेको ना४ख ६३५७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा३ख ४२०१ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा माईक्रोमा सवार १० जना र बसमा सवार ७ जना घाइते भएका हुन्।
घाइते हुनेमा धादिङ नलाङ २ बस्ने दीपक रोकाया, गोर्खा पालुङटार बस्ने वर्ष ४० की मधुमाया थापा, अग्नि शाही सप्तरीका वर्ष ३२ का अर्जुन गौतम, लमजुङ मध्यनेपाल ४ का वर्ष २० का प्रताप सुनार, लमजुङ राइनास १ का ६९ वर्षीय गमबहादुर अधिकारी, ओखलढुंगा माने भञ्ज्याङ ४ का १८ वर्षीय सुदीप तामाङ र सिन्धुपाल्चोक मेलम्ची बस्ने वर्ष ३० का दिलबहादुर तामाङलगायत छन् ।
घाइतेमध्ये गम्भीर अवस्था भएकालाई भरतपुर मेडिकल कलेज चितवन लगिएको छ
अन्य घाइतेको आँबुखैरेनी गाँउपालिका २ स्थित छिम्केश्वरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close