लिगलिगकोटको पर्यटन प्रवद्र्धन

पोखरा । गोरखाको लिगलिगकोटमा खेलकुद पर्यटन प्रवद्र्धन एवं सांस्कृतिक पक्षको विकास गर्ने उद्देश्यले लिगलिग भिलेज स्पोर्टस् संंस्था स्थापना गरिएको छ ।
सञ्जीव रानामगरको अध्यक्षतामा गठित संस्थाको उपाध्यक्षमा रुपा रानामगर, सचिव विनोद श्रेष्ठ र कोषाध्यक्ष विजय पाण्डे छन् । सदस्यमा अनील रानामगर, नीराज थापा र दीपक थापा चयन भए ।
संस्थाका अध्यक्ष सञ्जीव रानामगरले लिगलिग क्षेत्रको समग्र विकास र समृद्धि, स्थानीय जनताको पहिचान, स्वाभिमान र भाषिक तथा सांस्कृतिक वातावरणमा क्षति नपु¥याई स्थानीय क्षेत्रको विकास र समृद्धिमा सहयोग पु¥याउन, बहुभाषिक, बहुसांस्कृतिक समाजको मूल्य मान्यतालाई सम्मान गर्दै खेल र पर्यटन माध्यमबाट ऐतिहासिक क्षेत्र लिगलिगकोटलाई विश्वसामु चिनाउन संस्था स्थापना गरिएको बताए ।
त्यसैगरी, सो क्षेत्रमा प्रतिभाको पहिचान गरी उनीहरुको सम्मान र नेपाल पर्यटन वर्ष २०२० को प्रवद्र्धन गर्दै जाने संस्थाले जनाएको छ ।
संस्थाले पहिलो कार्यक्रमअन्तर्गत छिट्टै खेलकुद कार्यक्रम गर्ने अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close