गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

पोखरा । गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको आज बुधबार ठिक २ वर्ष पूरा भएको छ । २०७४ माघ २२ मा संसद्को पहिलो बैठक बसेको थियो । यस अवधिमा संसद्मा ३५ वटा विधेयक पारित भएका छन् । अघिल्लो वर्ष १९ विधेयक पारित भएका थिए ।
छिमेकी प्रदेश ५ ले हालसम्म प्रदेश नाम र राजधानी तोक्न नसकेको अवस्थामा गण्डकी प्रदेशसभाले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा गम्भीर विमतिबिनै अग्रस्थानमा रह्यो । कर्णालीपछि गण्डकी प्रदेशको नामकरण भएको हो ।
२०७४ मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपश्चात गण्डकी प्रदेशका ११ जिल्लाका प्रदेशसभा सदस्यले सोही वर्षको माघ ७ मा शपथ ग्रहण गरेका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभाका अन्य सदस्यलाई शपथग्रहण गराएका हुन् । माघ २२ मा संसद्को पहिलो बैठक बसेकोमा फागुन ३ को दोस्रो बैठकबाट नेत्रनाथ अधिकारी सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
संसद्मा चार दलको प्रतिनिधित्व छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ४०, काँग्रेस १५, राष्ट्रिय जनमोर्चाे ३ र समाजवादी पार्टीबाट २ जना सांसदले प्रतिनिधित्व गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close