पोखरामै चितुवा आतंक

लेखनाथ । पोखरा ३२, तल्लोगगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा मंगलवार बिहानदेखि चितुवा आतङ्कले स्थानीय त्रसित बनेका छन् ।
बिहान करिब १० बजे एक्कासी विद्यालय परिसर चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन् ।
पछि सो चितुवा लखेड्दै जाँदा सोही स्थानमा रहेको मुस्ताङ जीआई वायर इण्डट्रिज एण्ड सप्लायर्स प्रालिमा रहेको घरभित्र छिरेपछि झन् आतंक मच्चिएको हो ।
स्थानीयवासी, लेखनाथ सवडिविजन वन कार्यालयका कर्मचारी, वडा प्रहरी कार्यालय पावरहाउसको सुरक्षा निकायले घरभित्र लुकेको सो चितुवालाई सुरक्षा दिएका छन् । यस्तै, चितवन राष्ट्रिय निकुन्जका डटिङ्ग टोली सोही स्थानमा आई चितुवा बेहोस बनाई खोरमा राखेर संरक्षण गर्ने तयारी गरिएको लेखनाथ सव डिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर बिकले जनाए ।
सो चितुवा छिमेकी शुक्लागण्डकी २, बाङे्रह थेप्चे सामादायिक वनबाट आएको अनुमान गरिएको छ ।
तनहुँमा चितुवाका कारण मानिसको ज्यान जाने घटना श्रृंखलाबद्ध रुपमा दोहारिँदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close