एनसेलको ‘भ्यालेन्टाइन अफर’

भ्यालेन्टाइन सिजनमा एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।
सो अफरमा ग्राहकले मात्र १ सय रुपैयाँमा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्ने जनाइएको छ ।
यो भ्यालेन्टाइन अफर आज शुक्रबारदेखि लागू भइ ३ महिनासम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।
यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ ।
यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु¥याउनुका साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close