पौष्टिक आहार तथा आयआर्जनमा सहयोग

स्याङ्जा । पुतलीबजार वडा १ का अपांगता भएका व्यक्तिका लागि पौष्टिक आहार तथा आयआर्जनका लागि रकम प्रदान गरिएको छ ।
पुतलीबजार वडा १ र समुदायमा आधारित पुनस्र्थापना सेवाको संयुक्त आयोजनामा २९ जना अपांगता भएका ब्यक्तिलाई पौष्टिक आहार तथा सहयोगी सामग्री वितरण गरिएको हो । तीमध्ये २ जनालाई ट्वाईलेट चियर र एक जनालाई ह्वील चियर प्रदान गरिएको छ ।
वडाध्यक्ष निर्मलकुमार शेरचनले सामाजिक सेवा अन्र्तगत वडाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
कार्यक्रममा समुदायमा आधारित पुनस्र्थापना सेवा केन्द्रका सामाजिक विकास अधिकृत बिदुर कोइराला, वडा सदस्य शान्तिदेवी गौतम, कुलानन्द लम्साल, अपांग संजालका तिलकबहादुर जलारी, भविलाल विक लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
वडाध्यक्ष निर्मलकुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य विष्णुकुमार श्रेष्ठले स्वागत एवं वडा सचिव विष्णुकुमारी ढकालले संचालन गरेका थिइन् ।
वडा कार्यालयले पौष्टिक आहाराअन्तर्गत अण्डा, हर्लिक्स र चना उपलब्ध गराएको हो । पुनस्र्थापना सेवाले सहयोगी सामग्री र आयआर्जनमा सहयोग गरेको हो ।
अपांगता भएका परिवारका धनकुमारी गुरुङ र विष्णुमाया लम्साललाई तरकारी खेती र कुखुरापालनका लागि जनही ८ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
कार्यक्रममा भविलाल विक र तसुआर फकिरलाई ट्वाइलेट चियर र तसुअर फकिरलाई ह्वील चियर पनि प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close