पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोना संक्रमण , ७ जानाको मृत्यु

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ५१ जनामा गरिएको परीक्षणमा ४ सय ४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस सँगै हालसम्म संक्रमित हुनेको कूल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
जस् मध्ये एक हजार ७९ जना निको भएर फर्किएका छन् । कोरोनाबाट निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ । त्यस्तै, कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close