गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार पोखरामा आठ जना, पर्वत कुस्मामा दुई जना, र बागलुङमा एक जना गरि गण्डकी प्रदेशमा थप ११ जना संक्रमित थपिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न.३०, २७, ११ मा दुई दुई जना र बागलुङमा एक जना, पर्वतमा २ जना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा छ जना पुरुष र पाचँ जना महिला रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार १०७ जना पुगेको छ ।