नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, प्रधानमन्त्री ओली

पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा व्यत्त गरेका छन् ।

शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै ‘उनले भने’  ‘जनताले शान्ति खोजेको भन्दै सो आकाँक्षा पुरा भएको छ् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु  । उहाँले जुन साहसिक कदम चाल्नु  भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु  ।’

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीतिको यो कदम साहसिक भएको ओलीले बताए । उनले यो विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ  भएको पनि बताए ।

‘उनले भने’ ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’

उनले आफूहरुले विप्लव समूहसँग नगरा बजाएर वार्ता नगरेको भन्दै निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close