पोखरामा शनिबार विद्युत आपूर्ति बन्द हुने

पोखरा । यहि फागुन २२ गते शनिबार पोखरामा विद्युत आपुर्ति ठप्प हुने भएको छ । विद्युत सेवा करिब तीन घण्टा अवरुद्ध हुने बताइएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले एक सूचना प्रकाशित शनिबार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

लेखनाथ बसस्टेशनमा १३२ केभी लाइन वे एक्सटेन्सनका लागि विद्युत सेवा अवरुद्ध गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसबाट उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close