प्रचण्ड-माधव पक्षले आइतबार ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

आजको बसेको सो समूहको संसदीय दलको बैठकपछि रातोपाटीसँग कुरा गर्दै एक सांसदले अविश्वासको प्रस्ताव गर्ने तयारी गरेको रातोपाटीलाई जानकारी दिए । वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसद स्वयम आफै उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणवस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको पनि बताए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए । प्रचण्डले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरे । संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close