कास्कीमा १९ सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि 

पोखरा । आज शुक्रबार गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो ।

क्षेयरोग उपचार केन्द्र,पोखरा, स्वास्थ्य विज्ञान् प्रतिष्थान पोखरा लाइफ केयर एण्ड डायग्नोस्टिक पा.ली.पोखरामा गरीएको परिक्षणमा कास्की जील्लाको १९ जना, म्याग्दी जिल्लाको एक जना, तनहु जिल्लाका एक जना र बागलुङको एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी हाल गण्डकी प्रदेशमा थप कोरोना भाईरस संक्रमितको संख्या २२ रहेको छ भने कुल संक्रमितको सख्याँ १६ हजार १२१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close