आज पनि घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

पोखरा। मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला रु. ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो छापावल सुन प्रतितोला रु. ८६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज तेजावी सुन प्रतितोला रु. ८५ हजार एक सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि हिजोको भन्दा तोलामा १० रुपैयाँ घट्न पुगेको छ । चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close