कोमल ओलीद्वारा रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

पोखरा। लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् ।

कानून व्यवसायीसँग परामर्शपछि उनले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’अभिव्यक्ति दिएका थिए । एउटा कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close