चौधरी फाउण्डेसनद्धारा नवलपुरमा (सीजी उन्नति कल्चरल भिलेज) स्थापना

पोखरा। चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा (सीजी उन्नति कल्चरल भिलेज) स्थापना गरेको छ ।
चौधरी ग्रुप सीजी अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्ने उदश्यले सो (सीजी उन्नति कल्चरल भिलेज) स्थापना गरिएको जानकारी दिएको छ ।

राष्ट्रको कला, संस्कृती, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरिएको सीजी ग्रुपले जनाएको छ ।

सीजी उन्नती कल्चरल भिलेजमा थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह, थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी दिने खालका भित्तेचित्र राखिएको सीजीले जनाएको छ ।

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेसलगायतका कम्पोनेन्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close