गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार कास्कीमा ११ जना, पर्वतमा एक जना र स्याङजामा एक जना गरि गण्डकी प्रदेशमा थप १३ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीको पाँच जना, लाइफ केयर एण्ड डायग्नोस्टिक पा.ली.पोखरामा छ जना  गरी थप १३ जना थपिएको हो ।

जस्मा पोखरा महानगरपालिका वडा न. ५, ३३, १४, ८, २० मा एक एक जना र वडा न. १०, ३१, ११ मा दुई दुई जनामा साथै पर्वतमा एक जना र स्याङजामा एक जना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनसार कोरोना  भाइरस संक्रमण  पुष्टि हुनेहरुमा आठ जना पुरुष र पाच जना महिला रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार १६० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close