तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका धनबहादुरको मृत्यु

पोखरा । तनहूँमा आज माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङ नेत्रावती गाउँपालिका वडा नं। ५ का ५३ वर्षका धनबहादुर गुरुङ रहेका छन् ।

उनी तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं। ८, किमलघाटमा बस्दै आएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार काम गर्ने सिलसिलामा माटोको ढिस्को खस्दा पुरिएर उनको मृत्यु भएको हो ।

वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार आज बिहान ११ बजे घटना भएको र घटना सम्बन्धमा थप अनुसन्धान प्रक्रिया शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close