चाइनाको हाउजे एनके बाइक अब पोखरामा

पोखरा।  पोखरा नयाँबजारमा ए वान मल्टिनेशनल ग्रुप प्रालिले चाइनाको हाउजे एनके बाइक शोरुम सञ्चालनमा ल्याएको छ ।

ए वान मल्टिनेशनल ग्रुप प्रालिले पोखराको नयाँबजारमा उक्त बाइकको शोरुम सञ्चालनमा ल्याएको हो । १ सय ४९.२ सिसि इन्जिन क्षमता रहेको बाइकले शहरी क्षेत्रमा प्रति लिटर ४० किलोमिटर माइलेज दिने गण्डकी प्रदेशको आधिकारिक विक्रेता ए वान मल्टिनेशनलका प्रवन्ध निर्देशक शिवकुमार बाँस्तोलाले जानकारी दिए ।

शहरि तथा ग्रामिण दुवै क्षेत्रमा उपयुक्त यो बाइक अन्य एक्स एल (डर्ट) बाइकको तुलनामा नेपाली बजारमा सुपथ र सुहाउँदो भएको बताए । ‘उनले भने’ ‘बाइकका अन्य विशेषताहरुमा ५ गियर, १२.५ लिटर क्षमताको पेट्रोल ट्याँकि, २ सय २२ एमएम उचाई तथा सुख्खा तौल १ सय ३९ केजी रहेको छ ।’ स्मुथ इन्जिन तथा आवाजका कारणपनि यो बाइकले कोलाहलमुक्त वातावरण सिर्जना गर्ने बाँस्तोलाको भनाई छ ।

प्रालिले ग्राहकहरुको सुविधाका लागि साटफेर तथा फाइनान्सको व्यवस्था गरेको छ ।  प्रालिको सर्भिस सेण्टर रहेको छ भने बाइकका सबैखाले पार्टसपनि सहज उपलब्ध हुने हुँदा ढुक्कसंग खरिद गर्न सकिने प्रालिले जनाएको छ ।

हाल एन.के.१५० मोडलमा आएको एक्स एल बाइकको मुल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रालिले टेष्ट ड्राइभ समेत खुल्ला गरिसकेको जनाउँदै ग्राहकहरुलाई एक पटक यो बाइकको अनुभवका लागि आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close