आज बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुदैछ ?

पोखरा । बुधबार नेपाली सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ८६ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला रु. ८५ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, आज तेजाबी सुन प्रतितोला रु. ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार रु. २५५ रुपैयाँ थियो । विश्व बजारमा सुनको मूल्यमा भएको घटबढले नेपाली बजारमा पनि यसको मूल्यमा उतारचढाब आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close