प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने

पोखरा। प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने भएको छ ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो ।

संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो । संसदको कार्यसूचीमा फेरबदल भएपछि सभास्थल आएका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमै बाहिरिएका थिए।

आजको बैठक शोक प्रस्ताव पारित गरेर चैत तीन गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close