भारत सरकारको ४ करोड बढि आर्थिक सहयोगमा गोरखा घैरुङ्गमा विद्यालय निर्माण

पोखरा । भारत सरकारको ४ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोगमा गोरखाको शहीद लखन गाउँपालिका-६ घैरुङ्गमा विद्यालय निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्नसँगै हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित सो तीन तल्ले भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक-एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहेका छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना गण्डकी प्रदेश मा रहेका छन् ।

भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा पनि भारतीय दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close