आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृदि भएको छ ।

बुधवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य रु. ८६ हजार २ सय रहेको थियो भने आज प्रतितोला सुनको मूल्य रु. ८६ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य रु. ८६ हजार ३ सय ५० रहेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ ।

बुधवार प्रतितोला चाँदी रु. १ हजार २ सय ७० मा कारोबार भएको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close