पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि आक्रमण

पोखरा । भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ ।

चुनावी तयारीमा रहेकी बनर्जीमाथि बुधबार पूर्वी मेदिनीपुरको नन्दीग्रामस्थित बिरूलिया बजारमा आक्रमण भएको थियो । उनलाई आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन ।

आक्रमणबाट बायाँ खुट्टामा चोट लागेर घाइते बेनर्जीलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

बेनर्जी घाइते भएपछि बिहीबार जारी गरिने भनिएको तृणमुल काङ्ग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय पनि लम्ब्याइएको बीबीसी हिन्दीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close