अमेरिकामा ५ लाख ४२ हजार बढि कोरोना संक्रमितको मृत्यु

पोखरा । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ४२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६१० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ४२ हजार १९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६० हजार ३५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड ६ लाख ४० हजार २७० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८६ लाख ७९ हजार ६६३ जनामध्ये १२ हजार ६०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close