आज अपराह्नपछि पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने

पोखरा। पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।

हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस छ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस छ । रासस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close