नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

पोखरा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । अदालतले एमाले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको नेताहरुले बताए ।

बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र पछि मनोनित एमालेका केन्द्रीय सदस्य सहभागी जानकारी दिएका छन् । केन्द्रीय कमिटीमा ओली पक्षका १०२, नेपाल पक्षका ९० र तीन जना तटस्थ सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close