नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसियो, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ

पोखरा । नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो।

भट्टलाई भीम रावलले सम्हालिरहेको जिम्मेवारी दिइएको छ भने अष्टलक्ष्मी शाक्य हटाएर रामबहादुर थापा बादललाई ल्याइएको छ।

बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ।

त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकले आउँदो मंसिर २ देखि ६ सम्म महाधिवेशनको मिति पनि तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close