नेवाः जागरण मञ्च कास्कीको अध्यक्षमा राजेन्द्रमानश्रेष्ठ निर्वाचित

पोखरा । नेवाः खल कास्कीमा आवद्ध संस्था नेवाः जागरण मञ्च कास्कीको अध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको दोस्रो अधिवेशनबाट राजेन्द्रमान निर्वाचि भएका हुन् ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, उपाध्यक्षमा देवकुमार श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा नन्बहादुर श्रेष्ठ, मोहन प्रसाद श्रेष्ठ, विद्या श्रेष्ठ, मीना श्रेष्ठ, बाबुकाजी श्रेष्ठ रहेका छन् ।

अधिवेशन शुभारम्भ गर्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारहरुले कुर्चीका लागि नेवारहरुलाई फुटाएर अर्को संस्था दर्ता गरेकोमा आपत्ति प्रकट गरे । उनले संस्था र संगठनमा कुनै पनि हालतमा राजनीतिक रंग दिन नहुने र पद र कुर्चीकै लागि नयाँनयाँ संस्था दर्ता गर्न नहुने बताए ।

मञ्चका अध्यक्ष राजेन्द्र साइको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठले र सञ्चालन सचिव कृष्णकुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close