नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिको अध्यक्षमा: त्रिपाठी

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिको अध्यक्षमा विष्णुहरि त्रिपाठी निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट त्रिपाठी अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको महिला उपाध्यषमा देवी केसी, उपाध्यक्षमा विजय शर्मा, सचिवमा यामनारायण लामिछाने, कोषाध्यक्षमा शकुन्तला सोती, सहसचिव सरिता ढकाल, सहकोषाध्यक्षमा भगवती अर्याल चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा हरिभक्त घिमिरे, दुर्गा गिरी, रामेश्वर सुवेदी, सुनिल खड्का, लक्ष्मी तिमिल्सिना, लक्ष्मण सुवेदी, गिरीधारी तिमिल्सिना, डिलकुमारी पौडेल, खेमराज पौडेल, अर्जुन कंडेल, शिवकुमार लामिछाने, मिनराज ढुङ्गाना, राधा पौडेल, लेखबहादुर क्षेत्री, ख्यामप्रसाद सुवेदी, टंकप्रसाद सुवेदी, लक्ष्मी सुवेदी बाँस्तोला, सन्तोष सुवेदी, टेकबहादुर भुजेल, विकल न्यौपाने, रमेश सुवेदी, कृष्णप्रसाद पौडेल, ईन्दिरा अधिकारी, टेकमाया आचार्य, सीता कुमारी काफ्ले, सुशिला भट्टराई, कौशिल्या कार्की, अनिता सुवेदी, पार्वती लामिछाने पौडेल, निर्मला गिरी र रेखा केसी रहेका छन् ।

जिल्ला अध्यक्ष रोमहर्षण पौडेलको संयोजकत्वमा जिल्ला उपाध्यक्ष हर्कबहादुर लामिछाने तथा जिल्ला सचिव तीर्थराज ढकाल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।

अधिवेशन उद्घाटन गर्दै संघीय सांसद खगराज अधिकारीले आउने बजेटमा शिक्षकहरु तथा कर्मचारीहरुको सुविधा वृद्धि भएर आउने बताए । एकदिन, एकछिन शिक्षक संगठनको नेता कार्यकर्ता बन्न सजिलो होला तर सधैंभरि नेता कार्यकर्ता भइरहन कठिन रहेको भन्दै सांसद अधिकारीले छ तैपनि प्रयत्न गर्ने हो भने असम्भव केही नरहेको स्पष्ट पारे ।

अधिकारीले नेपालको प्राकृतिक भौगोलिक सांस्कृतिक अवस्थाको अध्यापन गराई संसारको सुन्दर मुलुक नेपालमा जन्मिएकोमा गौरव बोध गर्न सक्ने नागरिक उत्पादन गर्नु आम शिक्षकहरूको कर्तव्य भएको बताए ।

उनले संसारको सबैभन्दा पुरानो तक्षशिला विश्वविद्यालय हाम्रै हिमवत खण्डमा रहेको भन्दै त्यही क्षेत्रमा रहेका शिक्षकहरू आफ्नो कर्तव्यबाट टाढा नहुने हो भने रसत्यको पक्षमा निरन्तर डटिरहने हो भने जित आम जनताको हुनेमा विश्वास व्यक्त गरे ।

नेकपा एमाले पोखरा महानगर समितिका अध्यक्ष दीपक पौडेल, गण्डकी प्रदेश अध्यक्ष राम प्रसाद पोखरेल, पेशागत महासंघ गण्डकीका संयोजक रामप्रसाद खनाल, जिल्ला अध्यक्ष रोमहर्षण पौडेल, शिक्षक हित साकोसका अध्यक्ष उमनाथ गौतम, रूपा गाउँपालिकाका अध्यक्ष चुमानसिं गुरूङ, महानगर समितिका उपाध्यक्ष देवी केसी लगायतले कार्यक्रममा बोलेका थिए ।

महानगर समितिका अध्यक्ष विष्णुहरि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव झलक पौडेलले गरेका थिए । उक्त अवसरमा ज्ञानेश्वर सुवेदी, लोचना अधिकारी तथा गौरीशरा गुरुङका साथै शकुन्तला सोतीलाई सम्मान गरिएको थियो ।

गण्डकी प्रदेश अध्यक्ष राम प्रसाद पोखरेलको संयोजकत्वमा प्रदेश सदस्य सकुन्तला आचार्य तथा जिल्ला उपाध्यक्ष वसुन्धरा पौडेल सदस्य रहेको अध्यक्ष मण्डलले वन्द सत्रका कार्यक्रम सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close