अमेरिकामा कोरोना संक्रमित संख्या ३ करोड नाघ्यो

पोखरा । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४३ हजार ६६२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २१ लाख ८ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ८८ हजार ४६१ जनामध्ये ११ हजार ३५९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ४६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ४६ हजार ६०५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close