एन्फा प्रेसिडेन्ट कप भोलिदेखि, विजेताले १० लाख रुपैयाँ पाउने

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भोलिदेखि बाँकेमा आयोजना हुने एन्फा प्रेसिडेन्ट कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

एन्फाले आईतबार पत्रकार सम्मेलको आयोजना गर्दै प्रतियागिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोजक एन्फाले प्रतियोगिताको तयारी पूरा भएसँगै प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा गरेको छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले पाँच लाख हात पार्ने छ । सात प्रदेशका लिग च्याम्पियन टिमबीच खेलिने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र फेयर प्ले टिमले ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन (धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब (कैलाली), लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा) , प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट) ले प्रतिस्पर्धा गर्नेछन् ।

१५ गतेसम्म चल्ने प्रतियोगिताका शीर्ष चार टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close