सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार र मंगलबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको हो । आज ‍पनि छापावाला सुन प्रतितोला रु. ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज रु. ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले बढेको छ ।

चाँदी आज प्रतितोला रु. १२८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close