दक्षिण कोरियाको थेगुमा बागलुङे संगठित

पोखरा। वैदेशिक रोजगारीका लागि बागलुङबाट दक्षिण कोरियाको थेगुमा पुगेका बागलुङेहरु संगठित भएका छन् ।

बागलुङ समाज दक्षिण कोरिया ९थेगु शाखा०को प्रथम अधिवेशनबाट ज्ञानु श्रीस मगरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र थापामगर, उपाध्यक्षहरुमा खडक घर्तीमगर, गणेश गौतम, दुर्गा टियर पुनमगर रहेका छन् । सचिवमा सोम ढकाल, सहसचिवमा स्वरुप थापामगर, कोषाध्यक्ष दिलु थापामगर र सहकोषाध्यक्षमा विजय श्रीस चयन भएको बताईएको छ ।

समितिको सदस्यहरुमा भीमसेन घर्ती मगर, प्रभात हमाल, निरू श्रीस मगर, हिमशिखर भण्डारी, शान्ति काउचा मगर, बिना पुन मगर, रेशम रोका मगर, ओम घर्ती मगर, शुÞशिल रोका मगर, किशोर छन्त्याल, काजी थापा मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close