गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार पोखरामा २३ जना, पर्वत कुस्मामा एक जना गरि गण्डकी प्रदेशमा थप २४ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.ली.पोखरामा गरिएको परिक्षणमा, पोखरा महानगरपालिका वडा न.३१, ३०, ११, १६, १७, ५, १, २ मा २३ जना र स्याङजा पुतलि बजारमा एक जना गरि जम्मा २४ जनामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनसार कोरोना  भाइरस संक्रमण पुष्टि हुनेहरुमा आठ जना महिला र १६जना पुरुष रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार २४० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close