पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि, एलपी ग्यासको यथावत

पोखरा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि, गरेको छ ।

२ साता अघि २ रुपैयाँले बढको मुल्य भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार पुनस् चैत्र ३ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले नै वृद्धि भएको हो ।

अब पेट्रोल प्रतिलिटर रु. ११८ रुपैयाँ र डिजेल तथा मट्टितेल रु. १०१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

यस्तै, आन्तरिक उडानतर्फ हवाई ईन्धनको रु. ७४ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

एलपी ग्यास तथा अन्तर्राट्रिय उडान तर्फ हवाई ईन्धनको  मूल्य भने यथावत नै रहेको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको  निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close