आज बढ्यो सुनको भाउ, कति पुग्यो ?

पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

सोमबार र मंगलबार लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ३०० रूपैयाँले बृद्धि भएको हो ।

आज ‍छापावाला सुन प्रतितोला रु. ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन पनि आज रु. ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज प्रतितोला रु.१० रूपैयाँ घटेर १२७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close