गण्डकी प्रदेशमा थप सात जनामा कोरोना पुष्टि 

पोखरा । आज बुधबार कास्कीमा छ जना सगैं गण्डकी प्रदेशमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो ।

क्षेयरोग उपचार केन्द्र, पोखरामा गरीएको परिक्षणमा पोखरा महानगरपालिका वडा न.१५ मा तिन् जना, ३१, २४, २०, मा एक एक जना र बागलुङमा एक जना गरि जम्मा सात जनामा कोरोना भाईरस संक्रमण पुस्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनसार कोरोना  भाइरस संक्रमण  पुष्टि हुनेहरुमा दुई जना पुरुष र पाचँ जना महिला रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार २४७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close