सुनको मूल्य आज पनि वृद्धि, कतिमा हुदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

आज ‍पनि छापावाला सुन प्रतितोला रु. ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज रु. ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो ।

चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला रु. १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close