प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको अवार्ड प्रदान् गरिएको छ । ओलीले बालुवाटारमा निम अवार्डको प्रमाणपत्र ग्रहण गरेका छन् ।

आफूले रचना गरेको (स्वदेशमै रोजगारी) बोलको गीतका लागि निम अवार्ड ग्रहण गरेका हुन् । अवार्डका तर्फबाट निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बालुवाटार पुगेर ओलीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रिएसनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजन तयार भएको उक्त गीतमा मलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close