७ महिनाको पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

पोखरा। अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ७ महिनाको बजेट खर्च तथा राजस्व संकलनबारे जानकारी दिएको छ ।

सार्वजनिक विवरण अनुसार ७ महिनाको कुल खर्च ४ खर्ब ९९ अर्ब रूपैयाँ छ । जुन अघिल्लो बर्षको तुलनामा २।६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष ४ खर्ब ८७ अर्ब ९ करोड रूपैयाँ खर्च भएको थियो ।

समीक्षा अवधिमा चालु खर्च ११.२ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब ६३ करोड पुगेको छ । पुँजीगत खर्च भने १८.७ प्रतिशतले घटेको छ ।

७ महिनाको अवधिमा ६२ अर्ब ८४ करोड रूपैंयाँमात्रै खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ पनि ३१.७ प्रतिशतले घट्दै ३० अर्ब ११ करोड रूपैयामात्रै खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close