बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू

पोखरा । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक शुरू भएको छ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने सहभागी नभएको बताइएको छ ।

उनीहरूले छुट्टै राष्ट्रिय भेला गरिरहेका छन्। सानेपामा माधव नेपाल-झलनाथ खनाल समूहको कार्यकर्ता भेला बुधबारदेखि जारी छ। भेला आज सकिदै छ ।

नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने दुई थरी धारणा व्यक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close